मुकुललाई पुनरावेदनका लागि ३५ दिनको समय

केन्द्रभाग मिडिया

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पाटीले डा. मुकुल ढकाललाई केन्द्रीय समिति बैठकको निर्णयमाथि पुनरावेदन गर्न ३५ दिनको समय दिइएको छ ।

मंगलबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले संस्थापक महामन्त्री तथा प्रवक्ता ढकाललाई साधारण सदस्य मात्र रहने गरी पदीय जिम्मेवारीबाट मुक्त गराएको हो ।

पार्टी अनुशासन उल्लङ्घन गरेको भन्दै केन्द्रीय समितिले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय समितिबाट पदमुक्त गरेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।

झाका अनुसार पार्टी विधानको धारा ५७ बमोजिम आफूमाथिको कारबाही चित्त नबुझेमा ३५ दिनभित्र पार्टीको पुनरावेदन समितिमा ढकालले पुनरावेदनका लागि निवेदन दिन सक्ने छन् ।

  • २५ असार २०८१, मंगलवार १४:५७ प्रकाशित