२८ गते प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे सभामुखले संसद्लाई गराए जानकारी

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही असार २८ गते प्रतिनिधि सभामा विश्वासको मत लिने जानकारी गराएका छन् । आइतबार बसेको सभाको बैठकमा उनले प्रधानमन्त्रीले २८ गते विश्वासको मत लिने जानकारी गराएका हुन् ।

सभामुखले भने–‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानको धारा १ सयको उपधारा २ बमोजिम २०८१ साल असार २८ गते शुक्रबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मतका लागि प्रस्ताव राख्ने जानकारी प्राप्त भएकोले प्रतिनिधि सभा नियमावली २०७९ को नियम १५५ को उपनियमको ३ बमोजिम उल्लेखित दिन र समयको बैठक तोकेको ब्यहोरा माननीय सदस्यहरूलाई जानकारी गराउँछु ।’

असार १७ गते एमाले र कांग्रेसको सरकार बनाउनका लागि गठबन्धन बनेपछि प्रधानमन्त्री प्रचण्डले २१ गते संसद् सचिवालयलाई पत्राचार गर्दै २८ गते विश्वासको मत लिने व्यवस्था गर्न आग्रह गरेका थिए ।

  • २३ असार २०८१, आईतवार १५:२८ प्रकाशित