पोखरामा नाबालिकालाई जबरजस्ती करणी गर्ने दुई जना पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा नाबालिकालाई ललाईफकाई जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

असार १७ गते तनहुँ म्याग्दे गाउँपालिका वडा नम्बर ४ थर्पुबाट नाबालिकालाई ललाई फकाई डरत्रास देखाई जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्तकुमार शर्माले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा धनुषा क्षिरेश्वरनाथ गाउँपालिका वडा नम्बर १० गोपालपुर स्थायी घर भइ हाल पोखरा महानगरपालिका वडा नम्बर ११ रानी पौवा बस्ने वर्ष २१ का अरुण कुमार दास र भारत बिहार प्रदेश सितामणी जिल्ला डुमरा थाना सुरसड पक्ष्मी वार्ड नम्बर १ घर भइ पोखरा ११ रानीपौवा बस्ने वर्ष १९ को सुनिल दास भन्ने सुनिल कुमार रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले नाबालिकालाई ग ८ प ४२८० नम्बरको मोटरसाईकलको बिचमा राखी रानीपौवा स्थित डेराकोठामा ल्याई बन्धक बनाई असार १८ गते बिहान १ बजेर ३० मिनेटको समयमा पालै पालो सामुहिक रुपमा जबर्जस्ती करणी गरेको खुल्न आएको प्रहरीले बताएको छ ।

दिउँसो ३ बजेर ३० मिनेटको समयमा पोखराबाट तनहुँ फर्किने क्रममा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर ३० पावरहाउसस्थित पृथ्वीराजमार्ग सडकखण्डमा प्रहरीद्धारा चेकीङ गर्ने क्रममा प्रहरीलाई देखे पछी उनीहरु भाग्न खोज्दा प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरुमाथि कास्की जिल्ला अदालतबाट अपहरण वा शरीर बन्धक तथा जबर्जस्ती करणी सम्बन्धी मुद्दामा असार १८ गतेबाट लागू हुने गरी पहिलो पटक आठ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले बताएको छ।

  • २३ असार २०८१, आईतवार १५:०२ प्रकाशित