मकवानपुर ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संसद्बाट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय संसद्बाट विश्वासको मत लिने रणनीति बनाएसँगै मुख्यमन्त्री जम्कट्टेलले पनि विश्वासको मत लिने भएका हुन् ।
आइतबार काठमाडौँमा बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले विश्वासको मत फेस गरेर अघि बढ्ने सुझाव दिएपछि मुख्यमन्त्री जम्कट्टेल सोही अनुसार तयार भएको बताइएको छ । संसदीय दलका मुख्य सचेतक रत्न प्रसाद ढकालका अनुसार संसदीय दलको बैठकमा सबैले विश्वासको मत फेस गर्न सुझाव दिएको र केन्द्रबाट पनि सोही अनुसार निर्देशन प्राप्त भएकाले मुख्यमन्त्री जम्कट्टेल तयार भएका हुन् ।
विश्वासको मत लिने मिति भने एमालेका मन्त्रीहरूको राजीनामा पछि तय गरिने उनको भनाई छ । बैठकमा एमालेका मन्त्रीहरूको राजीनामा पछि संसद् बैठकका रणनीति र भूमिकाका बारेमा छलफल भएको उनले बताए । विश्वासको मत नलिने मुडमा रहेका मुख्यमन्त्री जम्कट्टेल बैठकपछि भने तयार भएको र एमालेका मन्त्रीहरूको राजीनामा बुझ्न काठमाडौँबाट आउँदै गरेको उनको भनाई छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको मुख्य सचेतक ढकालले बताए ।
यता एमालेका मन्त्रीहरूले आजै पदबाट राजीनामा दिने तयारी गरेका छन् । ए