खोला तर्ने क्रममा बगाउँदा स्याङ्जामा एक वृद्धले ज्यान गुमाए

केन्द्रभाग मिडिया

Symbolic picture

पोखरा ।

स्याङ्जामा खोला तर्ने क्रममा बगाउँदा एक वृद्धले ज्यान गुमाएका छन् ।

आज शुक्रबार ( असार २१ गते) बिहान झण्डै ७ बजेर ५५ मिनेटको समयमा पुतलीबजार नगरपालिका १ बिरेन्द्रनगर बस्ने वर्ष ७४ का तिलबहादुर भुजेलको खोलाले बगाउँदा ज्यान गएको हो ।

घर नजिकै रहेको अरगैदी खोला तर्ने क्रममा खोलाले बगाई घाईते भएका भुजेलको उनका आफ्नै छोराले उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल स्याङ्जा लगेकोमा उपचारको क्रममा ज्यान गएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जानकारी दिएको छ ।

  • २१ असार २०८१, शुक्रबार १६:४३ प्रकाशित