पोखरा ।
पोखरामा एटिएम मेसिन फोडी रकम चोर्न खोज्ने एक युवक पक्राउ परेका छन् ।
हिजो असार १८ गते बिहान २ बजेर ३७ मिनेटको समयमा पोखरा महानगरपालिका वडा नम्बर ५ जिरो किलोमिटरमा रहेको एनएमबी बैंकको एटिएम तोडफोड गरी रकम चोर्न खोज्ने युवकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा धादिङ सिद्वलेख गाउँपालिका वडा नम्बर ३ घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ९ बस्ने २३ वर्षका रुपेश नेपाली रहको प्रहरीले बताएको छ ।
उनीमाथि चोरी उद्योग मुद्दामा ७ दिन म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।













