काठमाडौँ ।
नेकपा एमालेले पार्टीको सचिवालय बैठक बोलाएको छ । नेपाली कांग्रेससँग नयाँ सरकार गठन गर्ने विषयमा सहमति गरेसँगै पार्टीले बैठक बोलाएको हो ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक दिउँसो ३ बजे बस्नेछ । बैठकमा संविधान संशोधनसहित राष्ट्रिय सहमतिको सरकार गठनको विषयमा एमाले र कांग्रेसबिच भएको सहमतिबारे जानकारी दिन अध्यक्ष ओलीले बैठक बोलाएको गौतमको भनाई छ ।