काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका मन्त्रीहरुलाई आफ्नो निवास बालकोट बोलाएका छन् । सत्ता समीकरणमा खटपट आइरहेको चर्चा चलिरहेका बेला अध्यक्ष आफ्नो पार्टीबाट सरकारमा सामेल मन्त्रीहरूलाई आफ्नो निवास बालकोट बोलाएका हुन् ।
एक मन्त्रीका अनुसार बोलकोट के विषयमा छलफल गर्न बोलाइएको भन्ने चाहिँ खुलाएका छैनन् । कांग्रेस र एमालेबीच नयाँ समीकरण हुनसक्ने भन्दै राजनीतिक सरगर्मी बढेको छ ।
एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएका पछिल्ला वार्ता सकारात्मक बनेपछि नयाँ समीकरणको संभावनाको चर्चा चलेको हो ।