सुर्खेत ।
जाजरकोटमा पहिरोले घर भत्किँदा एक बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा भेरी नगरपालिका–५, ईब्रा गाउँका ६ वर्षीय प्रिन्स विक रहेको जाजरकोट प्रहरीले जनाएको छ ।
आज बिहान घर भन्दा पछाडिबाट आएको पहिरोले घर भत्किँदा उनको ज्यान गएको हो । प्रिन्सका बुबा रमेश विक घाइते भएका जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद सापकोटाले जानकारी दिए ।
६ जनाको परिवार रहेको उक्त घरका बाँकी सदस्यहरू भने सकुशल छन् ।













