अबैध रुपमा नदिजन्य पदार्थ चोरी निकासी गर्ने १२ वटा टिप्पर नियन्त्रणमा

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा अवैध रुपमा नदिजन्य पदार्थ चोरी निकासी गर्ने १२ वटा टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हिजो असार १५ शनिबारको दिन जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नम्बर १९ दशखेतघातबाट नदीजन्य पदार्थ ओसारपसार गरिरहेका उक्त टिप्परलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले ग १ क १२१५ नं को टिप्पर, ना १ क ६२१४ नं.को टिप्पर, ग ७ एए ००७६ नं को टिप्पर, बा ४ क ३३ २१ नं को टिप्पर, ग २ ख १४५ नं को टिप्पर र ग १ क २४०२ नं को टिप्पर लाई नियन्त्रणमा लिएको हो ।

यस्तै ग २ ख ३२८ नं को टिप्पर,ग २ ख ११५६ नं को टिप्पर, ग १ क ६३९२ नं को टिप्पर, ग १क ५११३ नं को टिप्पर, ग १ ख ७९९० नं को टिप्पर, ग १ त ७०१२ नं को ट्याक्टर लाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

माथि उल्लेखित सवारी साधन चेकजाँच गर्दा प्रयोजन खुल्ने कुनै कागजपत्र पेश गर्न नसकेकोले उक्त सवारी साधनहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षब बसन्त कुमार शर्माले बताए ।

  • १६ असार २०८१, आईतवार ०९:४७ प्रकाशित