पोखरा ।
जिल्ला समन्वय समिति कास्कीले सडक डिभिजन कार्यालय मातहतका आयोजना शुक्रवार अनुगमन गरेको छ।
जिसस प्रमुख लिलाधर पौडेल नेतृत्वको अनुगमन टोलिले आफ्नो कार्यतालिका अनुसार नियमित गरेको बताइएको छ।जस अनुसार सडक डिभिजन कार्यालय पोखरा मातहतमा निर्माणाधीन पोखरा महानगर वडा नम्बर १७ र नम्बर २१ जोड्ने फुर्से खोला दम्सादी मोटरेबल पुल र पोखरा महानगर वडा नम्बर १३ र २८ जोडने बिजयपुर खोला पुलको अनुगमन गरेको हो।
पोखरा महानगर वडा नम्बर १७ र २१ जोड्ने फुर्से खोला दम्सादी मोटरेबल पूलको कुल लागत २७ करोड ७७ लाख भएकोमा १८ करोड २९ लाखमा मिति २०७५ असार २७ गते निर्माण सम्झौता भएको उक्त आयोजना २०८१ माघ २९ गते सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
सो आयोजनाको ७१ प्रतिसत भौतिक प्रगति देखिएको छ। ४ स्पानमा १२० मिटर लम्बाई र ११मिटर चौडाइ भएको उक्त सूर्य प्रेरणा एच एम कन्स्ट्रक्सन कम्पनीले निर्माण गरिरहेको प्रमुख पौडेलले जानकारी दिए ।

त्यसैगरी सडक डिभिजन कार्यालय पोखरा मातहतमा निर्माणाधीन पोखरा महानगर वडा नम्बर १३ र २८ जोडने बिजयपुर खोला मोटरेबल पूलको कुल लागत ७ करोड ८२ लाख रहेकोमा ७ करोड ३२ लाखमा मिति २०८० असार २२ गते निर्माण सम्झौता भएको उक्त आयोजना २०८२ पुष २४ गते सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाको ५० प्रतिसत भौतिक प्रगति देखिएको छ।
दुई स्पानमा ६० मिटर लम्बाई र ११ मिटर चौडाइ भएको उक्त पूल भिम ज्योति धन थान जे भि कम्पनीले निर्माण गरिरहेको सो पूल सडक डिभिजन पोखरा का इन्जिनियर राहुल पाण्डेले जानकारी दिए।अनुगमन टोलीमा जिसस कास्कीका उप प्रमुख सरिता माल ,कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल ,जिसस कास्कीका सदस्य ,इन्जिनियर ,प्राविधिक सहित कर्मचारीहरूको उपस्थिति रहेको थियो।














