हर्पन खोलामा माछा मार्न गएका सुकबहादुरको बाढीले बगाउँदा ज्यान गयो

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा हिजो बाढीले बगाउँदा एक पुरुषको ज्यान गएको छ ।

फेवातलको स्रोत हर्पन खोलामा माछा मार्न गएका बागलुङ्ग घर भई हाल पोखरा १८ खपौदी बस्ने अन्दाजी ३१ वर्षका सुकबहादुर मगरको ज्यान गएको हो । माछा मार्न गएका सुकबहादुर अचानक खोलामा बाढी आउँदा बगाई बेपत्ता भएका थिए ।

उनी सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण कास्कीको फेवातालमा तैनाथ एपिएफ रेस्क्यू वाच टावरको विशेष विपद् उद्धार एवं गोताखोर टोलीले खोजी गर्दा मृत अवस्थामा भेटिएका हुन् ।

उनी बेपत्ता भएको खवर सशस्त्र प्रहरीलाई साँझ करिव ५ बजे प्राप्त भएको थियो ।

  • १३ असार २०८१, बिहीबार ०९:३८ प्रकाशित