मौसम पूर्वानुमानः एक दुई स्थानमा हल्का वर्षा

केन्द्रभाग मिडिया

पोखरा ।

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार आज देशका थोरै स्थानमा बाहेक अधिकांश ठाउँमा मौसम सामान्यतया सफा रहनेछ ।

हाल देशका पहाडी भू–भागमा भने मौसममा आंशिक बदली रहेको महाशाखाले बताएको छ ।गण्डकी प्रदेशका जिल्लाहरुमा आज मौसम सफा रहने विभागले बताएको छ ।

दिउँसो प्रदेश नं १ को भूभागमा आंशिक देखि सामान्य बदली, प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भु–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आज राती प्रदेश नं १ र प्रदेश नं २ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख गरिएको छ भने अन्य प्रदेशका भुभागमा मौसम सफा रहनेछ ।

  • २३ मंसिर २०७८, बिहीबार ०८:४२ प्रकाशित