चितवन ।
आज बिहानैदेखि परिरहेको पानीको कारण पहिरो खसेपछि अवरुद्ध भएको नारायणगढ(मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ ।पहिरोका कारण दुबैतर्फ अवरुद्ध भएको सडक पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार १२ बजेर ५० मिनेट जाँदा जलबीरेमा पहिरो खस्दा बाटो अवरुद्ध भएको थियो । दिउँसो २ बजेर १० मिनेटमा सडक सञ्चालनमा आएको हो ।













