पोखरा ।
मुसलधारे वर्षाका कारण पोखरा ७ गैरीखेत र पोखरा ३३ बाघमारामा घर डुवानमा परेको छ । गैरीखेतमा दुई घर डुबानमा परेको छ । स्थानीय कुमार सुनार र रेशम गुरूङको घर डुबानमा परेको हो ।
पोखरा–३३ बागमारा स्थित सिप्लिङतराम अविरल बर्षा पछि तीन घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । स्थानीय राम्जी बास्तोला, सुमन विक र बाबुराम बस्नेतको घर डुबानमा परेको हो ।
यस्तै पोखरा महानगरपालिका चाउथेको घट्टेकुलोमा पृथ्वी राजमार्ग सडक भासिएको छ । ५ मिटर सडक घट्टेकुलोको पानीले काटेको प्रहरीले जनाएको छ ।
विजयपुर खोला नजिकै पोखरा महानगरपालिका वडा नं. १४ चाउथे, आनन्द टोलस्थित घट्टेकुलोमा पानीको बहाव बढ्दा पृथ्वी राजमार्ग सडक खण्ड भासिएको छ । अहिले सडक एकतर्फी सञ्चालनमा छ ।यसअघि पोखरा २८ आरुपाटामा घर पुरिँदा १ जनाको र मादी ५ चितेपानीमा पनि घर पहिरिँदा अर्का १ जनाको ज्यान गएको छ।













