जङ्गली च्याउ खाँदा एक सातामा ३ जनाले ज्यान गुमाए

केन्द्रभाग मिडिया

 मकवानपुर ।

मकवानपुरमा जङ्गली च्याउ खादाँ एक सातामा ३ जनाले ज्यान गुमाएका छन् भने १६ जना बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गत असार ३ गते देखि १० गते सम्मको अवधिमा जङ्गल च्याउ सेवन गर्दा ३ जनाको ज्यान गएको हो ।

च्याउ सेवनबाट ८ जना सामान्य बिरामी र ८ जना उपचार पश्चात् डिस्चार्ज भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार जङ्गली च्याउ सेवन गर्दा गत असार ८ मा कैलाश गाउँपालिका– ८ बस्ने वर्ष ४ का दीपेश लामा, असार ९ गते कैलाश–९ की निरुमाया रुम्बा र राक्सिराङ–७ दुगुवाङ बस्ने बल बहादुर प्रजाको ज्यान गएको हो ।

च्याउ सेवनबाट १६ जना बिरामी

राक्सिराङ–७ को घटनामा एकै परिवारका ४ जना घाइते भएका थिए । प्रहरी अनुसार जङ्गली च्याउ खाएर सो घटनामा मृत्यु भएका बल बहादुर प्रजाकी श्रीमती वर्ष ४५ की जालिमाया प्रजा, छोरी वर्ष १५ की रेन्जु प्रजा, छोरी वर्ष ८ सविना प्रजा र छोरा वर्ष १० को सुशल प्रजा बिरामी परेको प्रहरीले जनाएको छ । च्याउ सेवन गरी बिरामी भएका उनीहरूको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको छ । उनीहरूको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै असार ७ गते राती ९ः३० बजे मकवानपुरगढी गाउँपालिका(६ सानुसल्ले र मकवानपुरगढी(५ कालीबन मानिसहरू जङ्गली च्याउ ९गोब्रे च्याउ० खाँदा ८ जना बिरामी भएका थिए । च्याउ सेवनबाट मकवानपुरगढी(६ सानुसल्ले बस्ने वर्ष ३२ को सानु कान्छा पाख्रिन, वर्ष २८ कि सुविता पाख्रिन, वर्ष ५ को सुशान्त पाख्रिन, वर्ष ११ कि सोनिया पाख्रिन, वर्ष ४६ को श्याम पाख्रिन, वर्ष ४३ कि एलिजा पाख्रिन बिरामी परेका थिए ।

च्याउ सेवनबाट मकवानपुरगढी–५ कालीबन बस्ने वर्ष २३ को सन्चलाल थिङको छोरा वर्ष ६ को समिर थिङ, वर्ष १२ कि सानुकान्छी भुलुन बिरामी परेका थिए । उनीहरूको हेटौँडा अस्पतालमा उपचार पश्चात् डिस्चार्ज गरिएको छ ।

असार १० गते बिहान ११ बजेको समयमा राक्सिराङ(८ लाचे स्थितमा जंगलबाट ल्याइएको च्याउ खाँदा एकै परिवारका ४ जना बिरामी परेका थिए । च्याउ सेवन गर्दा राक्सिराङ(८ बस्ने वर्ष २१ को भुवल प्रजा, निजको श्रीमती वर्ष २१ की रतिमाँया प्रजा, निजको छोरा वर्ष ३ को समिक प्रजा र निजको भाइ वर्ष १८ को पूर्ण प्रजा बिरामी परेका छन् । उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

  • ११ असार २०८१, मंगलवार १०:४३ प्रकाशित