पोखरा ।
गरिमा विकास बैंक लिमिटेड र नाट्टा गण्डकी प्रदेशबीच विभिन्न प्रकारका कर्जाहरूमा सहुलियत सहितको सेवा उपलब्ध गराउन सम्झौता भएको छ ।
नाट्टा गण्डकी प्रदेश अन्तर्गतका व्यवसायीलाई बैंकको विभिन्न प्रकारका कर्जाहरूमा सहुलियत सहितको सेवा उपलब्ध गराउन उक्त सम्झौता गरिएको गरिमा विकास बैंक गण्डकी प्रदेश प्रमुख भोलाप्रसाद तिवारीले जानकारी दिए ।
बैंकको तर्फबाट गण्डकी प्रदेश कार्यालय प्रमुख तिवारी र नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार नाट्टा गण्डकी प्रदेश अन्तर्गतका व्यवसायीलाई ५ वर्षसम्म ५ लाखसम्मको बैंक ग्यारेन्टी १० प्रतिशतको नगद मार्जिनमा उपलब्ध गराइने नाट्टा गण्डकी प्रदेशका महासचिव संगीता पौडेलले बताइन् । यस प्राबधानमार्फत व्यवसायीलाई आफ्नो व्यवसाय सञ्चालनमा सहयोग पुुगी त्यसबाट लाभान्वित हुने उनको विश्वास छ ।
उक्त अवसरमा नाट्टा गण्डकी प्रदेशका पदाधिकारी, गरिमा बैंक लेकसाइड शाखाका प्रमुख सहित बैंकका कर्मचारीको उपस्थिति थियो ।