पोखरा ।
कास्कीका विकास आयोजना सम्बद्ध कार्यालयहरूका प्रमुखहरूसँग चालू आर्थिक बर्ष २०८० – ८१ का सञ्चालित विकास आयोजनाहरूको प्रगती समिक्षा कार्यक्रम सम्पन्न भएको छ।
समिक्षामा कास्कीमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरूको वित्तीय र भौतिक प्रगती सहित आयोजनामा भएका कठिनाई र निराकरणका पायका सम्बन्धमा छलफल गरिएको पौडेल जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले बताए ।
समिक्षामा प्रमुख पौडेलले कठिनाइहरूको निराकरणमा केन्द्रित हुन आग्रह गर्दै समयमा आयोजना सम्पन्न गर्नुको विकल्प नभएको उल्लेख गरे । समिक्षामा बहुवर्षीय आयोजनामा अति न्यून बजेट बिनियोजित हुनु, स्रोत सुनिश्चितता समयमै नहुदा आयोजना समयमा सम्पन्न गर्न कठिनाइ भएको र गुणस्तर समेत प्रभावित हुने समस्या पहिचान भएका छ्न। बिनियोजित बजेट समेत रकमान्तर हुनु ,संरक्षण क्षेत्रहरूमा वातावरण प्रभाव मुल्यांकनमा कठिनाइ भएको लगाएतका समस्या पहिचान भएका छ्न ।
समिक्षामा जलस्रोत तथा सिचाइ डिभिजन कार्यालय ,पूर्वाधार विकास कार्यालय ,संघीय आयोजना कार्यान्वयन इकाइ कार्यालय,संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना ,सडक डिभिजन कार्यालय ,स्थानिय पूर्वाधार विकास आयोजना कार्यालय,खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय ,रूपाताल संरक्षण एकीकृत विकास परियोजना,मुग्लिङ्ग पोखरा सडक आयोजना पश्चिम खण्ड शहरी विकास तथा भवन निर्माण कार्यालय र मध्य पाहाडी लोकमार्ग कास्की खण्ड सहितले आफ्नो प्रगती समीक्षा पेश गरेको जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिए ।













