कार्यालय र कर्मचारीलाई निरन्तरता दिन बेपत्ता छानबिन आयोगको माग

केन्द्रभाग मिडिया

काठमाडौँ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले स्थानीय स्तरमा स्थानीय शान्ति समितिको कार्यालय र ती कार्यालयमा कार्यरत कर्मचारीलाई निरन्तरता गर्न माग गरेको छ ।

प्रवक्ता डा. विष्णु पाठकले शुक्रबार विज्ञप्ति जारी गर्दै कार्यालय र कर्मचारीको निरन्तरता दिने व्यवस्था गर्न आयोगको निर्णयअनुसार कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयलाई पठाउने निर्णय भएको जनाएका छन् ।

बेपत्ता आयोगको अहिलेसम्म कुनै पनि सम्पर्क कार्यालय नभएको स्पष्ट पार्दै स्थापना कालदेखि नै स्थानीय शान्ति समितिको कार्यालय र सो कार्यालयमा कार्यरत कर्मचारीहरूको सहयोग लिइरहेको जनाएको छ ।

आयोगले हाल विस्तृत छानबिनको क्रममा पीडित उजुरीकर्ताहरूबाट व्यक्ति बेपत्ताबारे थप सूचना, व्यक्ति बेपत्ता पारिनुपूर्वको अवस्था ९एन्टीमोर्टम० र परिपूरणको फर्महरू भराइरहेको त्यस कार्यमा जिल्लास्थित स्थानीय शान्ति समितिको कार्यालय र कर्मचारीहरूको सहयोग लिइरहेको जनाएको छ ।

  • ७ असार २०८१, शुक्रबार १५:२८ प्रकाशित