पोखरा ।
कास्की प्रहरीले अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने ब्याक लोडर जीपलाई नियत्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको मातहतमा रहेको अस्थायी प्रहरी पोष्ट भेडावारीबाट खटिएको प्रहरी टोलीले कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं ४ र ६ को बिचमा रहेको मार्दी खोलाबाट बा २ क ९६४७ नम्बरको ब्याक लोडर (जेसिबी) लाई अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।
शर्माका अनुसार नदीजन्य पदार्थ उत्खनन गरि रहेको अवस्थामा फेला परेको ब्याक लोडरलाई चेकजाँच गर्ने क्रममा प्रयोजन खुल्ने कुनैपनि कागजपत्र पेश गर्न नसकेकोले आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला ट प्रशासन कार्यालय कास्कीमा पठाइएको प्रवक्ता शर्माले जानकारी दिए ।
त्यसैगरी अस्थायी प्रहरी पोष्ट हेम्जा कास्कीबाट खटिएको प्रहरी टोलीले भेडाबारीबाट पोखरातर्फ आउदै गरेको प्र ३–०१०२४ च ४२७० नम्बरको जीपमा अवैध रुपमा कटपिस ढुंगाहरु लोड गरी ल्याएको अवस्थामा फेला पारी चेकजाँच गर्ने क्रममा प्रयोजन खुल्ने कुनै काजगपत्र पेश गर्न नसकेपछि आवश्यक कारबाहीको लागि अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखरामा पठाइएको प्रहरीले जनाएको छ ।