सर्वोच्चमा गोलाप्रथा झमेला: हेर्न नमिल्ने मुद्धाले सेवाग्राही मर्कामा

केन्द्रभाग मिडिया

सर्वोच्चमा सुरु भएको गोला प्रकियाबाट पेसी तोक्ने निर्णयले सेवाग्राही मर्कामा पर्न थालेका छन् ।

प्रधानन्याधीशसँग बेञ्च सेयर नगर्ने अडान लिएका न्यायाधीशहरू गोलाप्रथाबाट पेसी तोकिन थालेपछि नियमित इजलासमा बस्न थाले पनि एकैदिन ५० भन्दा बढी मुद्दाहरू हेर्न नमिल्ने न्यायाधीशको इजलासमा पर्न थालेपछि सेवाग्राही मर्कामा परेका हुन् ।

गोला प्रक्रियाबाट पेसी तोक्ने व्यवस्था हुँदा हेर्न नमिल्ने न्यायाधीशले गोला तान्ने प्रक्रियाबाट अलग हुने सम्भावना छैन । पहिले जिल्ला वा उच्च अदालतमा सुनुवाई गरेका न्यायाधीश, अधिवक्ताबाट न्यायाधीश बनेका तर पहिले अधिवक्ता हुँदा पक्ष वा विपक्षमा बहस गरेका न्यायाधीशको इजलासमा मुद्दाहरू परेमा ती मुद्दा स्वतः हेर्न नमिल्ने सूचीमा पुग्छन् । तर महिनौँ वा वर्षौँपछि पालो आएका यस्ता मुद्दाहरू फेरि हेर्न नमिल्ने न्यायाधीशको सूचीमा पर्दा सेवाग्राही त्यसै फर्कनुपर्ने अवस्था आएको छ ।

मङ्सिर २१ गते मंगलबार ३५२ वटा मुद्दा पेसीमा चढ्दा ३२ वटा मुद्दा हेर्न नमिल्ने सूचीमा परेका थिए ।

  • २२ मंसिर २०७८, बुधबार १४:२१ प्रकाशित