विद्यार्थीका लागि विद्यालय पोशाक तथा शैक्षिक सामाग्री हस्तान्तरण

केन्द्रभाग मिडिया

तनहुँ ।

चण्डी देउराली क्लब शुक्लागण्डकी नगरपालिका वडा नं १ चण्डी मैदानले शुक्लागण्डकी नगरपालिका वडा नं १ सिम्लेस्थित जनकल्याण प्राथमिक विद्यालयमा आज विद्यालय पोशाक तथा शैक्षिक समाग्री सहयोग गरेको छ ।

क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक स्तर अभिबृद्धि गराउने उद्देश्यले करिब २५ हजार रुपैयाँ बराबरको विद्यालय पोशाक तथा शैक्षिक समाग्री सहयोग गरेको हो ।

कार्यक्रममा क्लबका अध्यक्ष सुमबहादुर रानाले विद्यालयका छात्रछात्रालाई विद्यालय पोशाक तथा शैक्षिक समाग्री हस्तान्तरण गरेका थिए ।क्लबका अध्यक्ष सुमबहादुर रानाको अध्यक्षता एवम् विद्यालयका प्रधानाध्यापक मदबहादुर कुँवरले सञ्चालन गर्नुुभएको कार्यक्रममा स्वागत विद्यालयका शिक्षिका शारदा पौडेल(खनाल) ले गरेका थिए ।

कार्यक्रममा क्लबका सदस्यहरू विशाल आले, विष्णु आले, पवन आले, मनिष राना, अर्जुन राना, सिम्ले टोल विकास संस्थाका अध्यक्ष पदमराज वाग्ले, स्थानीय समाजसेवीका साथै विद्यालयका शिक्षिका बुद्धिमाया राना लगायतको उपस्थिति थियो ।
चण्डी देउराली क्लब विभिन्न सामाजिक गतिविधिमा कृयाशिल हुँदै आएको छ ।

  • ३ असार २०८१, सोमबार ०६:२६ प्रकाशित