दोस्रो मदरल्याण्ड एसईई कप फुटसलको उपाधि भद्रकाली माविलाई

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा ७ मासबार रहेको मदरल्याण्ड माविले आयोजना गरेको दोस्रो मदरल्याण्ड एसईई कप फुटसल प्रतियोगिताको उपाधि भद्रकाली माविले जितेको छ । भद्रकालीले फाइनलमा गोगन माविलाई हराउादै उपाधि सहित नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हातपार्न सफल भयो ।

उपविजेता बनेको गोगन माविले नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । त्यसै गरी तेस्रो हुदै ब्रम्हरुपा माविले नगद १० हजार र चौथो हुदै मदरल्याण्ड माविले नगद ५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताका विजेतालाई मदरल्याण्ड माविका प्रिन्सिपल नारायण बराल, विद्यालयका प्लस टु कोडिनेटर नारायण आचार्य लगाएतले पुरस्कार वितरण गरे ।

तीन दिन सम्म चलेको प्रयितोगितामा निजी र सामुदायिक विद्यालयबाट एसईई दिएका विद्यार्थीका ७२ टिमले भाग लिएका थिए ।

  • २ असार २०८१, आईतवार २०:२५ प्रकाशित