पोखरा ।
हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरको संरक्षणमा पोखराको हेमजामा शनिबार देखि सुरु भएको अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ को दोस्रो दिन ३ खेल सम्पन्न भएको छ । जस्मा वडा न. ६ ले वडा न. १५ लाई २–० र वडा न.१० ले वडा नं २० लाई ३–१ र वडा नं २५ ले वडा नं २९ लाई ५–२ को गोल अन्तरले अग्रता निकालदै वडा न ६, १० र २५ क्वाटरफाईनलमा प्रवेश गरेको छ ।
भोलि पहिलो खेल वडा न. ११ र १७ र दोस्रो खेल वडा न.४ र वडा न.१३ विच हुनेछ ।असार ७ गते सम्म जारी रहने अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ मा प्रथम हुनेले नगद १ लाख ११ हजार १ सय ११, ट्रफी, मेडल र प्रमाणपत्र, दोश्रो हुनेले ५५ हजार ५ सय ५५ ट्रफी, मेडल र प्रमणपत्र प्राप्त गर्नेछन । साथै सर्वोकृष्ट खेलाडीले नगद पाँच हजार,सर्वाधिक गोलकर्ता,गोलरक्षक,डिफेन्डर,मिडफिलड,फरवार्ड लाई प्रत्येक विधामा नगद २ हजार र ट्रफी प्राप्त गर्नेछन ।
क्वाटरफाईनल देखिका खेलहरुमा म्यान अफ दि म्याच धोषित गरि ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।















