महिन्द्र राय यादव नेसपाबाट निष्काशित

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधिसभा सदस्य महिन्द्र राय यादव नेपाल समाजवादी पार्टीबाट निष्काशित भएका छन् । पार्टीले यादव लगायतहरुलाई पदबाट हटाएको सूचना निर्वाचन आयोगमा अद्यावधिक भएको हो ।

नेपाल समाजवादी पार्टीले आईतबार एक विज्ञप्ति जारी गरी पार्टीको विधान विपरितका गतिविधिमा लागेको उनीहरुलाई पार्टीबाट हटाउने निर्णय गरेको थियो । विज्ञप्ति अनुसार सांसद यादव सहित प्रदेश सांसद गंगानारायण श्रेष्ठ, रमेशप्रसाद यादव लगायतहरुलाई सदस्यबाट हटाइएको हो ।

समाजवादी पार्टीले १२ जेठमा उनीहरुलाई पदबाट हटाउने निर्णय गरेको थियो । निर्णयपछि विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा पत्र पठाएको थियो । निर्वाचन आयोगले नेपाल समाजवादी पार्टीको पत्र अनुसार, ३० जेठ, २०८१ मा उनीहरुलाई सदस्यबाट हटाई विवरण अद्यावधिक गरेको हो ।

  • २ असार २०८१, आईतवार १६:५८ प्रकाशित