नवलपुरको केरुंगे खोलामा अनाधिकृत रुपमा उत्खनन गर्दै गरेको सवारी प्रहरी नियन्त्रणमा

केन्द्रभाग मिडिया

नवलपुर ।
नवलपुरको केरुंगे खोलामा अनाधिकृत रुपमा उत्खनन गर्दै गरेको चाइना स्टेट कन्स्ट्रक्सन कम्पनकीको तीन वटा ट्रिपर र एक जेसिबीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कावासोती १६ स्थित केरुगें खोलामा शनिवार बिहान ११ बजेतिर अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्दै गरेको अवस्थामा नारायणगढ बुटवल सडक खण्डको काम गर्दै आएको कम्पनीको तीन वटा टिप्पर र एउटा जेसिबी प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले लु १ अ यो ३२, ना ६ ख ६७३५ लु १ अ यो २६ नम्बरको टिप्पर र बा ३ क ८०२६ नम्बरको जेसिबी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपि बेद बहादुर पौडेलले जानकारी दिए ।

नियन्त्रणमा लिएका सवारीलाई अस्थाई प्रहरी पोष्ट डण्डामा राखी आवश्यक कारबाही अगाडी वढाइएको प्रहरीले जनाएको छ ।

 

  • १ असार २०८१, शनिबार १६:४१ प्रकाशित