नेपाल सामु दक्षिण अफ्रिका द्वारा ११६ रनको लक्ष्य प्रस्तुत

केन्द्रभाग मिडिया

पोखरा ।
टी–२० विश्वकप अन्तर्गत जारी खेलमा दक्षिण अफ्रिकाले नेपाल सामु जितका लागि १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १५ रन जोडेको हो । दक्षिण अफ्रिकाका लागि ओपनर रिजा हेन्डरक्सिले ४९ बलमा सर्वाधिक ४३ रन बनाए । उनले ५ चौका र १ छक्का प्रहार गरे ।

कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन बनाए । उनले २ चौका प्रहार गरे । क्वीन्टन डी ककले ११ बलमा १० रन जोडे । उनले एक चौका हिर्काए ।

कुशल भुर्तेलले पनि ४ विकेट हात पारे । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । ४ ओभर बलिङ गर्दै उनले मात्र २१ रन खर्चिए ।

यस खेलमा कम्ब्याक गरेका सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चिए पनि विकेट भने लिन सकेनन् ।

  • १ असार २०८१, शनिबार ०६:५६ प्रकाशित