झापा।
झापाको शिवसताक्षी नगरपालिका ३ स्थित एक घरमा एकजना आमा र उनका दुई जना नाबालक छोराहरू घरभित्रै मृत भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीका अनुसार आमा अन्जली बेस्रा, उनका ७ वर्षीय जेठा छोरा विशाल र कान्छा छोरा २ वर्षीय आयुष घरभित्रै मृत भेटिएका हुन् ।
केसीका अनुसार आमा झुन्डिएको अवस्थामा भेटिएका हुन् । उनका दुईजना छोरा भने ओछ्यानमा मृत अवस्थामा फेला परेका हुन् ।घरभित्र बान्तासमेत गरेको देखिएकाले विषादीसमेत प्रयोग भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।
घरभित्र विषादीको गन्धसमेत आइरहेकाले आमाले छोराहरूलाई विषादी खुवाएर आफू झुन्डिएको आशंका प्रहरीको छ ।अहिले त्यहाँ प्रहरी निरीक्षकको नेतृत्वमा एउटा टोली पुगेर अनुसन्धान थालिसकेको छ ।













