गण्डकीमा माओवादीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

केन्द्रभाग मिडिया

File photo

पोखरा ।

नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत नदिने बताएको छ । जारी प्रदेश सभा बैठकमा बोल्दै दलका नेता हरिबहादुर चुमानले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने घोषणा गरेका हुन् ।

उनले सङ्घीयता कार्यान्वयनमा सङ्घ सरकार अनुदार भएको गुनासो गर्दै विपक्षमा मतदान गर्ने बताएका हुन् । ‘सङ्घीयता कार्यान्वयन गर्न माओवादी प्रतिबद्ध छ,’ उनले भने, ‘हामीले विश्वासको मत नदिने निर्णय गरेका छौँ । संसदमा सबैले विपक्षमा मतदान गर्छौं । हाम्रा सबै सदस्यलाई लागू हुन्छ ।’ उनले नेपाल समाजवादी पार्टी (नेसपा) संसद्को घेराबाहिर भएपनि माओवादीबाट निर्वाचित भएकाले फडिन्द् देवकोटाले पनि विपक्षमा मत दिने सुनाए ।

उनले संविधानमाथिको अलमल सर्वोच्चले फुकाउन नसकेको गुनासो गरे ।

  • २८ जेष्ठ २०८१, सोमबार १६:१७ प्रकाशित