सुदूरपश्चिम सरकारमा एमाले सहभागी हुने

केन्द्रभाग मिडिया

कैलाली ।

सुदूरपश्चिम प्रदेशमा आज सरकार बिस्तारको तयारी गरिएको छ । आज एमाले, माओवादी र स्वतन्त्र सांसदलाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री दीर्घबहादुर सोडारीले तयारी गरेका छन् । एमालेले सरकारमा सहभागी हुनेहरूको नाम टुङ्गो लगाइएको छ ।

एमाले स्रोतका अनुसार सुरेन्द्र पाल, वीर बहादुर थापा र हिरा सार्की मन्त्री बन्ने लाइनमा छन् । पालले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाउने स्रोतको दाबी छ । अन्य दुई जनाको मन्त्रालय टुङ्गिएको छैन ।

एमालेले मन्त्रीको टुङ्गो लगाउँदा माओवादी केन्द्रमा भने अझैसम्म विवाद साम्य भएको छैन । माओवादीबाट रमेश धामी, ओम विक्रम भाट सरल र लक्ष्मी विक मध्ये एक जना मन्त्री बन्ने छन् भने शिव ओली, झपट साउद र अक्कल रावल मध्ये एक जना मन्त्री बन्ने छन् ।

आजै माओवादी संसदीय दलका नेता मानबहादुर धामीले मन्त्रीको नाम टुङ्गो लगाउने नभए इन्चार्ज गिरिराजमणि पोख्रेललाई जिम्मा दिने छलफल गरिएको थियो ।

स्वतन्त्र सांसद डा. तारा जोशीलाई सरकारमा ल्याउने तयारी गरिएको छ ।एमालेले सरकारमा सहभागी हुने तयारी गरिरहेका बेला माओवादीले पनि नाम टुङ्गो लगाउने सके आजै सरकार बिस्तार हुने बताइएको छ ।

  • २८ जेष्ठ २०८१, सोमबार १६:१३ प्रकाशित