प्रहरी जवानको पेन्सन अवधि घटाउने प्रस्ताव

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल प्रहरीका जवानहरुको पेन्सन अवधि घटाउनेबारे छलफल अघि बढेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले जवानहरुको पेन्सन अवधि १६ वर्ष बनाउने प्रस्ताव अघि बढाएको छ । प्रहरीको प्रस्तावलाई गृह मन्त्रालयले निर्णयार्थ अघि बढाएको हो ।

स्रोतको अनुसार अर्थ मन्त्रालय, लोक सेवा आयोग लगायत विभिन्न निकायसँग छलफल चलिरहेको छ । केही सातामै प्रहरी नियमावली संशोधनको निर्णय हुनसक्ने बताइएको छ।

हाल गृहले प्रहरी निरीक्षकदेखि माथिको पदमा २० वर्ष, जुनियर प्रहरी अधिकृतको हकमा १८ वर्ष र सिपाही, फलोअर्सको हकमा १६ वर्ष पेन्सन अवधि बनाउने प्रस्ताव गरेको छ ।

मन्त्रिपरिषद्ले गत वर्ष २९ पुसमा सैनिक सेवा नियमावली संशोधन गर्दै नेपाली सेनामा फलोअर्स तथा सिपाहीले १६ वर्ष सेवा अवधि पूरा गरेर स्वेच्छिक अवकाश लिए निवृत्तभरण पाउने व्यवस्था लागू गर्ने निर्णय गरेको थियो ।

  • २१ मंसिर २०७८, मंगलवार १६:२५ प्रकाशित