राष्ट्रिय माविको वार्षिक पुरस्कार वितरण सम्पन्न : १० जना उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति हस्तान्तरण

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराकै ऐतिहासिक शैक्षिक धरोहरको रुपमा स्थापित राष्ट्रिय माविले आज वार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको हो ।
वार्षिक पुरस्कार वितरण कार्यक्रम अन्तर्गत विद्यालयले इसिडी देखी कक्षा १० सम्म उर्तिण भएका प्रथम,द्धितीय र तीतृय भएका विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ ।

त्यस्तै अनुशासित, सरसफाई र वर्षभरी नियमित हाजिर हुने विद्यार्थीलाई छुट्टाछुट्टै पुरस्कार प्रदान गरियो । सोही कार्यक्रममा विद्यालयका उत्कृष्ट दलित छात्राछात्रलाई छात्रवृत्ति समेत प्रदान गरिएको छ ।

विद्यालयमा अध्ययनरत कक्षा ७ देखि कक्षा ११ सम्मका छात्रछात्रालाई सिन्धुकुमारी माणिकलाल छात्रवृत्ति प्रदान गरिएको हो ।
विद्यालयले १० जना विद्यार्थीलाई प्रति विद्यार्थी १२ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरेको हो ।

विद्यार्थीलाई कार्यक्रमका अध्यक्ष राम विक्रम राणा, प्रमुख अतिथि महानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सहारा प्रधान र विशेष अतिथि प्रतिनिधि कृष्णदेव प्रधानाङग छात्रवृत्ति तथा प्रमाणपत्र प्रदान गरेका थिए । २०२५ सालका एस.एल.सी ब्याच कनैयालाल वैद्यले आफ्ना बुबा आमाको नाममा उक्त छात्रवृत्तिको व्यवस्था गरेका हुन् ।

कार्यक्रममा पुरस्कार दाताको तर्फबाट कृष्णदेव प्रधानाङ्गले मन्त्व्य राखेका थिए । यस्तै कार्यक्रममा संस्कृत मावि भिमकालीपाटन पोखराका व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद अधिकारीले आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक ईश्वरीप्रसाद सापकोटाले उपस्थित आतिथि तथा अभिभावकलाई स्वागत गरेका थिए । विद्यालय व्यवस्थापन समिति सदस्य बरुणविक्रम राणा र शिक्षक अभिभावक संघका अध्यक्ष रमेशप्रसाद पौडेलले शुभकामना मन्त्व्य राखेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम विक्रम राणाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक प्रकाश रिजालले गरेका थिए ।

  • २५ जेष्ठ २०८१, शुक्रबार १५:०१ प्रकाशित