व्यवसाय प्रवद्र्धन केन्दको आयोजनामा डिजिटल मार्केटिङ तालिम शुरु

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगगरपालिका आर्थिक बिकास महाशाखा व्यवसाय प्रवद्र्धन केन्द्रको आयोजनामा डिजिटल मार्केटिङ तालिम शुरु भएको छ । गण्डकी टेक्निकल ईन्सटिच्युट पोखरा १० औधोगीक क्षेत्रमा बिहीबार देखी शुरु भएको तालिमको पोखरा महानगर शैक्षिक बिकास महाशाखाका प्रमुख हेमराज आचार्यले उद्घाटन गरे ।

तालिमको उद्घाटन गर्दै महाशाखा प्रमुख आचार्यले अहिलेको युग इन्टरनेटको युग भएकाले इन्टरनेटलाई भरपुर प्रयोगमा ल्याइ आफ्नो ब्यवसायको प्रवद्र्धन गराउने उद्देश्यले तालिमको आयोजना गरिएको वताए । एक महिना सम्म सञ्चालन हुने तालिमले सहभागीहरुलाई आफ्नो ब्यवशाय प्रवद्र्धनमा मात्र नभइ अन्य ब्याक्तिहरुलाई समेत प्रशिक्षण प्रदान गर्न सहज हुने उनको भनाइ रहेको थियो ।पोखरा महानगर आर्थिक बिकास महाशाखा प्रमुख मनहर कडरियाले डिजिटल जमानामा डिजिटल मार्केटिङ गर्न सके समयको सदुपयोग संगै सडक छेउमा मात्रै व्यवसाय सञ्चालन गर्नुपर्ने बाध्यता हटेर जाने वताए । डिजिटल मार्केटिङको माध्यामबाट कुनैपनि मानिसले संसारको जुनसुकै ठाँउबाट आफ्नो ब्यवसाय सञ्चालन गर्न सक्ने समेत उनले बताए ।

व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले महानगरले यो वर्षदेखी डिजिटल मार्केटिङ सम्बन्धी तालिमको सुरुवात गरेको वताउदै यसको सकारात्मक रिजल्ट निस्केको खण्डमा आगामी वर्षहरुमा पनि तालिमलाई निरन्तरता दिने वताए ।
तालिममा सहभागी प्रशिक्षार्थी सोम भण्डारीले आफुहरुले सामान्य रुपमा फेसबुक पेजको माध्यामबाट आफुहरुको उत्पादनको प्रवद्र्धन गर्दै आइरहेको भएतापनि तालिममा धेरै कुराहरु सिक्ने अपेक्षा राखे ।

३० दिन सम्म सञ्चालन हुने तालिममा प्रशिक्षक किरण रेग्मीले सहजीकरण गर्ने व्यवसाय प्रवद्र्धन केन्द्रका प्रदिप सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार तामिमा सहभागीहरुले दैनिक दुई घण्टा तालिम लिनुपर्नेछ ।

  • २४ जेष्ठ २०८१, बिहीबार १७:४७ प्रकाशित