पोखरा ।
पोखरा महानगरपालिकाले आईसीसी टि–२० विश्वकप क्रिकेटको नवौँ संस्करणको नेपाल र नेदरल्याण्डबीचको ठुलो डिसप्लेमा देखाउने भएको छ ।
पोखरा महानगरपालिकाको व्यवस्थापन तथा परिचय एडभरटाइजिङ र एस.के.साउन्डसँगको सहकार्यमा पृथ्वीचोकमा रहेको एलइडी स्क्रिनमा देखाउने भएको हो ।
क्रिकेटप्रेमी दर्शकलाई सहज तरिकाबाट खेल देखाउन सकियोस् भन्ने उद्देश्यले पृथ्वीचोकमा रहेको ठुलो डिसप्लेमा देखाउन लागिएको महानगरले जनाएको छ । खेल राती ९ बजे बाट सुरु हुने भएको छ ।
सवारी आवागमनमा अवरोध नहुने गरी खेल हेर्नको लागि महानगरले आग्रह गरेको छ ।टि–२० विश्वकप क्रिकेटको नवौँ संस्करणको खेलहरु संयुक्त राज्य अमेरिका र वेष्टइण्डिजमा जारी छ । नेपालले समूह चरणको पहिलो खेलमा मंगलबार नेदरल्याण्डसँग खेल्दैछ ।
नेपाल सन् २०१४ पछि टि–२० विश्वकप खेल्न लागेको छ ।