अनसनरत नर्स र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।

अनसनरत नर्स ज्योति रानाभाट र सरकारका प्रतिनिधिहरुबिच वार्ता सुरु भएको छ । स्वास्थ्य मन्त्रालयमा वार्ता सुरु भएको हो ।वार्तामा सरकारको तर्फबाट स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा। विकास देवकोटाले नेतृत्व गरेका छन् ।

यस्तै, रानाभाटका प्रतिनिधि नर्स कल्पना रिजाल, कविता सिटौला र अधिवक्ता इन्द्रप्रसाद अर्याल रहेका छन् । नर्सिङ क्षेत्रका सुधारका लागि नर्स ज्योति रानाभाटले सुरु गरेको आमरण अनशनको पाँचौ दिन नर्सहरूले पनि आज काठमाडौंको वीर अस्पतालमा प्रदर्शन गरेका हुन् ।

  • १८ श्रावण २०८३, सोमबार १५:०४ प्रकाशित