पोखरा आइडिया मार्ट २०८१ मा ट्रफअपसाइकल बिजेता

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिकाले आयोजना गरेको दोश्रो संस्करणको पोखरा आइडिया मार्ट २०८१ मा ३४ वटा आइडियाहरुलाई पछाडि पार्दै ट्रफअपसाइकलले प्रथम स्थान हाँसिल गर्न सफल भएको छ । खेर गइरहेको टायरलाई प्रशोधन गरी विभिन्न सामाग्री बनाउने आइडिया प्रस्तुत गरेको ट्रफअपसाइकलले प्रथम स्थान सहित नगद ५० हजार र प्रमाणपत्र प्राप्त गरेका छन ।

आइडिया मार्टमा स्वीफ्टवेले दोश्रो स्थान सहित ४० हजार प्रमाणपत्र, तेश्रो हुने डिभाइन डिसले नगद ३० हजार र शान्तवना स्थान हासिल गर्ने आवर सिटि इज जिरो वेष्टले नगद २० हजार र प्रमाणपत्र प्राप्त गरे । आइडिया मार्टका बिजेताहरुलाई पुरस्कार प्रदान गर्दै पोखरा महानगरपालिका आर्थिक बिकास संयोजक बोध बहादुर कार्कीले आइडिया मार्टका बिजेतामात्र नभइ मार्टमा सहभागीहरुको आइडियालाई प्रयोग गर्ने गरी महानगरले आगामी कार्यक्रम तय गर्ने वताए ।

त्यस्तै महानगर कृषि बिकास महाशाखा प्रमुख मनहर कडरियाले आइडिया मार्टमा सहभागीहरुको आइडियालाई महानगरले कुनैपनि लगानीकर्ताले आइडिया खोजेको खण्डमा आइडिया प्रदान गर्ने संस्थाहरुसंग सहकार्य गरी उक्त आइडियालाई लगानीकर्ता समक्ष सहकार्य गराउने बताए । ब्यवसाय प्रवद्र्धन केन्द्रले गत जेठ ६देखी ८ गते सम्म आयोजना गरेको पोखरा आइडिया मार्ट तथा बुट क्याम्पमा ३५ आइडिया समावेश थिए । जस मध्ये, १९, १७ हुदै अन्तिम १० बाट उत्कृष्ट ४ लाई पुुरस्कृत गरिएकोे केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले जानकारी दिए ।

 

  • २१ जेष्ठ २०८१, सोमबार २३:४५ प्रकाशित