पोखरा विश्वविद्यालयका विद्यार्थीद्धारा सरसफाई

केन्द्रभाग मिडिया

लेखनाथ ।

स्कुल अफ हेल्थ एण्ड एलाइड साइन्सेज, पोखरा विश्वविद्यालयमा अध्यनरत जनस्वास्थ्य विद्यार्थीहरुको संगठन पोखरा विश्वविद्यालय जनस्वास्थ्य विद्यार्थी संघको आयोजनामा सरसफाई अभियान सञ्चालन गरिएको छ ।

पोखरा २९ को खुइले डाँडामा राखिएको सरसफाई अभियानको सुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा न –२९ का वडा सदस्य कालिदास पोख्रेलले खुइले डाँडाको नामाकरण आधिकारीक रुपमा गर्न बाँकी रहेको र उतm ठाँउलाई व्यवस्थित गर्न वडाले जोड दिएको छ भने यस प्रकारका कार्यक्रममा पोखरा विश्वविद्यालयका जनस्वास्थ्यका विद्यार्थीहरुसँग सहकार्य गर्न वडा तयार रहेको बताएका थिए ।

पोखरा विश्वविद्यालय जनस्वास्थ्य विद्यार्थी संघका अध्यक्ष सरद जि.सी. ले आफुले गरेको फोहोर आफैले उचित व्यवस्थापन गरि शिक्षित व्यतिmको परिचय दिनुपर्ने आफ्नो घर वरपरको वातावरण सधै सफा राख्नु पर्ने र सार्वजनिक स्थलको सरसफाईलाई निरन्तरता दिदै उचित ठाँउमा विसर्जन गर्नुपर्नेमा जोड दिएका थिए ।

  • २१ जेष्ठ २०८१, सोमबार १६:५० प्रकाशित