दुबई उड्न लागेका ७६ यात्रु विमानस्थलबाट फर्काइए

केन्द्रभाग मिडिया

काठमाडौं ।

दुबई उड्न लागेका ७६ यात्रुलाई विमानस्थलबाट फर्काइएको छ ।

घुम्न जान लागेका ७६ जना यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलस्थित अध्यागम कार्यालयले फर्काइदिएको हो । उनीहरुलाई मानव तस्करको आशंकामा विमानस्थलबाट फर्काइएको बताइएको छ। उनीहरुले ललितपुरको जावलाखेलस्थित शुभेक्षा बहुउद्देश्यी सहकारी संस्थाबाट दुबई घुम्न जान लागेको बताएको जनाइएको छ ।

यद्यपि उनीहरुले सहकारीबाट जान लागेको बताएपनि कुनै जानकारी बिनै एयरपोर्ट गएको र पर्याप्त कागजात समेत उनीहरुसँग नभएको पाइएको छ । त्यसरी जान लागेकामा ७० प्रतिशत महिला रहेको बताइएको छ ।

  • २१ मंसिर २०७८, मंगलवार ०९:०१ प्रकाशित