गण्डकी अपडेटः थपिए ३८ संक्रमित

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३८ जनामा संक्रमण पुष्टि भएको छ ।२३१ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

सोही समयमा ९ जना संक्रमित निको भएर घर फर्किएका छन् ।यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८८ हजार ३७ पुगेको छ भने निको हुनेको संख्या ८६ हजार ४ सय ३४ रहेको छ ।

संक्रमित हुनेमा कास्कीका १५,बागलुङका १४ र नवलपरासीका ९ जना रहेका छन् । १५ महिला र २३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

प्रदेशमा हालसम्म ३ लाख ५२ हजार ८ सय २२ जनाको परीक्षण भएको छ । हाल प्रदेशमा १८२ सक्रिय संक्रमित रहेका छन् । तिमध्ये १४३ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ सय २१ रहेको छ ।

  • २० मंसिर २०७८, सोमबार १६:२४ प्रकाशित