पत्रकार रामप्रसाद तिमिल्सिनालाई मातृ शोक

केन्द्रभाग मिडिया

लेखनाथ ।

नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष एवंम प्रेस सेन्टरका केन्द्रिय सदस्य रामप्रसाद तिमिल्सिनालाई मातृ शोक परेको छ ।

वि स १९९७ सालमा जन्मनु भएकी पत्रकार तिमिल्सिनाकी आमा लोकमाया तिमिल्सिनाको आईतवार साँझ आफ्नै निवास पोखरा २८ लामास्वारामा ८४ वर्षको उमेरमा निधन भएको हो ।

दम र प्रेसर रोगका कारण विरामी पर्दै आउनु भएकी स्वर्गीय लोकमायाका पाँच छोरा कृष्णराज तिमिल्सिना(पुष्प),विष्णु प्रसाद तिमिल्सिना, तुलसी प्रसाद तिमिल्सिना,माधवप्रसाद तिमिल्सिना र रामप्रसाद तिमिल्सिना र तीन छोरी रमादेवि पण्डित,मधुमाया सिलवाल र तारादेवि ढकाल रहनु भएको छ ।

स्वर्गीय तिमिल्सिनाको सोमवार सेती नदि स्थित पोखरा २९ को मदौरेघाटमा धार्मिक परम्परा अनुसार अन्त्येष्टी गरिएको छ ।

  • ७ जेष्ठ २०८१, सोमबार १५:१९ प्रकाशित