काठमाडौं ।
नेपाली कांग्रेसको १६ जिल्लामा जिल्ला अधिवेशन नहुँदा ३२ जना महाधिवेशन प्रतिनिधि हुनबाट बञ्चित भएका छन् । उनीहरूमध्ये १६ जना अपांगता भएका र १६ जना दलित समुदायका हुन् ।
अधिवेशन भएका ६१ जिल्लाबाट छनोट भइसकेका छन् ।तर, अधिवेशन नहुँदा १६ जिल्लाबाट भने महाधिवेशन प्रतिनिधि चयन हुन पाएनन ।
कांग्रेसको संशोधित विधान २०७५ अनुसार जिल्ला अधिवेशन हुँदा प्रत्येक जिल्लाबाट एक जनाका दरले अपाङ्गता भएका व्यक्ति र दलित महाधिवेशन प्रतिनिधि छनोट हुनुपर्ने प्रावधान छ ।