पोखरा ।
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस नाट्टा गण्डकी प्रदेशका टोली पोखराको पर्यटन प्रवद्र्धनका लागी चीन भ्रमणमा जाने भएका छन । नेपाल पर्यटन वोर्डको प्रवद्र्धनमा आगामी जेठ ३ देखी १० गते सम्म उक्त टोली चीन जाने भएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा वोल्दै नाट्टाका महासचिव संगीता अधिकारीले पोखरामा चिनिया पर्यटन आगमन वृद्धि गराउनका लागी आफुहरुले पोखरा नेपाल टुरिजम प्रमोशन एण्ड सेल्स मिसन इन चाइना प्रोग्राम गर्न लागेको वताइन । उक्त कार्यक्रम अन्तर्गत चीनको वाङगुङ प्रान्तको गोन्जाओ शहरमा आगाी जेठ ३ देखी ५ गते सम्म हुने गोन्जाओ इन्टरनेश्नल ट्राभल फेयर २०२४ मा नाट्टाको टोलीले सहभागीता जनाउने छभने तीनको रजाधनी बेइजिङमा नेपाल पर्यटन बोर्ड र नेपाली राजदुताबास चीनको सहयोगमा सेल्स मिसन र बिटुबी कार्यक्रम र नेपाल र पोखराको प्रवद्र्धनात्मक भिडियो तथा डकुमेन्ट्री प्रदर्शन र त्यहाँ रहेका ट्राभल्स ब्यवशायीहरु संग पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडानको बारेमा समेत छलफल हुने पौडेलले बताइन ।
यस अघि नाट्टाले भारतको पटना, वनारसी, अयोध्या, गरखपुर र सिलगुढीमा समेत सैल्स मिसन र बिटुबी कार्यक्रमहरु गरिसकेको र चीनमा पहिलोपकट आयोजना गर्न लागेको नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारीले वताए । अधिकारीका अनुसार कोरोना पछि चिन सरकारले नेपालमा आफ्ना नागरिकका लागी ढिला गरी हवाइ र स्थलगत नाकाहरु खुल्ला गरेकै कारण चिनिया पर्यटकको संख्यामा कमी आएको र आफुहरुको भ्रमण पश्चात केही सकारात्मक सुधार हुने आशा ब्यक्त गरे । नेपाल र चीन बीच सिधा हवाइ सुचारुका लागि नेपाली एयरलायन्स नहुदा समेत चिनिया पर्यटकमा गिरावट आएको बताउदै आफुहरुले शाहसिक पर्यटकलाई प्राथमिकता राखी कार्यक्रममा सहभागीता जनाउन लागेको समेत बताए ।