काठमाडौँ ।
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो समितिको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ ।
बैठकमा पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनसहितका मस्यौदामा छलफल हुनेछ । बैठकमा पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रतिवेदनको मस्यौदा प्रस्तुत गरिनेछ ।
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुँदैछ ।