काँग्रेस १ सभापतिमा सिटौला पक्षका उद्धव थापा विजयी: गुरुराज २ मतले हारे,पुन मतगणनाको माग

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेस प्रदेश नम्बर १ को सभापतिमा उद्धव थापा विजयी भएका छन् ।सभापतिका अर्का उम्मेदवार गुरुराज घिमिरेलाई २ मतले हराउँदै थापा सभापतिमा निर्वाचित भएका हुन् । थापाले ८४४ मत ल्याएका थिए भने घिमिरेले ८४२ मत प्राप्त गरे ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका थापालाई सभापति शेरबहादुर देउवा पक्षले पनि समर्थन गरेका थिए। २ मतले हारेपछि सभापतिका उम्मेदवार घिमिरे पक्षले फेरि मतगणनाको माग गरेका छन्। पुनः मतगणना माग भएकोले निर्वाचन समितिले औपचारिक घोषणा गरेको छैन।
यहाँ जम्मा एक हजार ७ सय ५२ मत खसेको थियो।

  • २० मंसिर २०७८, सोमबार ०८:४३ प्रकाशित