विमानस्थलबाट सुन पास गराइदिने प्रहरी जवान पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन पास गराइदिने एक प्रहरी जवान पक्राउ परेका छन् ।

हिजो आज दैनिकजसो अवैधरुपमा नेपाल भित्राउन लागिएको सुनसहित व्यक्तिहरु पक्राउ परेको बेला विमानस्थलबाट सुन पास गराउने प्रहरी जवान पनि पक्राउ परेका छन् ।लागूऔषध नियन्त्रण ब्यूरोको विमानस्थल शाखामा कार्यरत जवान राजेन्द्र केसी पक्राउ परेका हुन् ।

विदेशबाट फर्किएर आएका एक व्यक्तिले ल्याएको ५० ग्राम सुन कटाइदिएको अभियोगमा उनी पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय स्रोतले बताएको छ ।

  • १९ मंसिर २०७८, आईतवार १५:१६ प्रकाशित