पोखरा २३ नयाँबस्तीमा भेट्रान्स भलिबल प्रतियोगिता शुरु

केन्द्रभाग मिडिया

पोखरा  ।

भूपु भलिबल खेलाडी पूर्नमिलन तथा शुभकामना भलिबल प्रतियोगिता शुरु भएको छ । पोखरा २३ नयाँ बस्तीमा ३५ वर्ष माथिका भेट्रान्स भलिबल खेलाडीहरुको प्रतियोगितामा भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै पोखरा २३ का वडा अध्यक्ष रामकाजी गुरुङले यस्तो प्रतियोगिताले निरन्तरता पाउनु पर्ने बताए । उनले पोखरा २३ मा फुटबल मैदान पनि नभएकाले छिटै बनाउन थाल्ने बताए ।

पोखरा २३ मा धेरै मात्रामा सार्वजनीक जग्गाभएका कारण खोजी गरेर फुटबल मैदान पनि बनाउने कामको थालनी गर्ने बताए । त्यसै गरी फेवा सिल्टेसन प्रालिका निर्देशक शिव अधिकारी भलिबल मैदानका लागि आवश्यक पर्ने तारजालीका लागि ४० हजार रुपैया सहयोग गर्ने बताए ।

कार्यक्रममा वडा सदस्य चेतबहादुर क्षत्री, समाज सेवी लेखनाथ पराजुली, प्रतियोगिता संयोजक राजु घले, नवराज पराजुली लगाएतले प्रतियोगिताले नयाँ खेलाडीलाई प्रेरणा प्रदान गर्ने बताए । प्रतियोगितामा १२ टिमको सहभागीता रहेको छ । प्रतियोगिताको विजेता र उपविजेताले खसी उपहार पाउने छन् ।

  • २१ बैशाख २०८१, शुक्रबार १८:३७ प्रकाशित