काठमाडौं ।
कुनै समयकी चर्चित नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को महामन्त्री पदमा पराजित भएकी छिन् । रेखाको ३६८ मत कम आउँदा हार बेहोर्नुपरेको हो ।
शनिबार सम्पन्न विद्युतीय मतदानको आइतबार बिहान सार्वजनिक परिणामअनुसार थापाले १६४० मत ल्याउँदा अध्यक्षमा पराजित कमल थापा समूहकी कुन्तीकुमारी शाहीले २००८ मत ल्याएर विजयी भइन्।
मतदान अघि रेखा र कुन्तीबीच वर्ड वार चलेको थियो । कुन्तीले रेखालाई राजनिती थाहा नभएको र फिल्म खेलेजस्तो सजिलो राजनीति नभएको भने पछि रेखाले पनि कुन्तीलाई फिल्म खेल्न अफर गरेकी थिइन् । नायिकाको भूमिकामा फिट नभएकोले आमाको रोल दिन्छु भन्दै रेखाले जवाफ फर्काएकी थिइन् । कुन्तीले रेखालाई काउन्टर गरेपछि सर्वत्र आलोचना भएको थियो ।
पदाधिकारीमा शाहीसहित अधिकांश थापापक्षका उम्मेदवार विजयी भएका छन्।