मोटरसाइकलको लेगार्डबाट खसेको १७ लाख रुपैया सम्बन्धितलाई बुझाइयो

केन्द्रभाग मिडिया

पोखरा ।
मोटरसाइकलको लेगार्डबाट खसेर हराएको १७ लाख रुपैया सम्बन्धित ब्याक्तिलाई बुझाइएको छ । बैंकमा जम्मा गर्न लगिएको १७ लाख रुपैया फेला पारी प्रहरीको रोहबरमा सम्बन्धित ब्याक्तिलाई बुझाइएको कास्की प्रहरीले जनाएको छ ।

बिहीबार दिउसो पोखरा ८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्सबाट सोही ज्वेलर्समा काम गर्ने लालिगढ मनोहर पवँरले नयाँबजारमा रहेको कृषि बिकास बैंकमा जम्मा गर्न भनी १७ लाख रुपैया रहेको झोला मोटरसाइकलको लेगार्डमा राखेर जाँदा बाटोमा खसेर हराएको थियो ।

बिहीबार दिउँसो साढे १ बजे तिर नगद सहितको झोला हराएपछि पवँरले प्रहरीलाई खबर गरेपश्चात जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक बसन्तकुमार शर्मा र मातहतको प्रहरी कार्यालयबाट समेत खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा भारत घर भइ हाल पोखरा ३ पालिखेचोक बस्ने छोटुलाल शर्माले फेला पारेको भनी प्रहरीलाई जानकारी पाएपछि उनकै रोहबरमा माताश्री ज्वेलर्सका सञ्चालक पोखरा ५ बस्ने धु्रव कुमार सुनारलाई उक्त रकम बुझाइएको कास्कीका प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।

  • ७ बैशाख २०८१, शुक्रबार ०८:४६ प्रकाशित