आज सुनको मुल्य तोलामा ४ हजार २०० रुपैयाँ बढ्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ कायम भएको हो।

मंगलबार प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँ रहेको सुनको मूल्य आज ४ हजार २०० रुपैयाँले बढेको हो। यस्तै, १० ग्राम सुनको मूल्य मंगलबारको २ लाख ४३ हजार ३१० रुपैयाँबाट बढेर बुधबार २ लाख ४६ हजार ९१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार मंगलबार प्रतितोला ४ हजार ३८० रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार ४ हजार ४७५ रुपैयाँ कायम भएको छ। यस आधारमा चाँदी प्रतितोला ९५ रुपैयाँले वृद्धि भएको छ ।

१० ग्राम चाँदीको मूल्य पनि ३ हजार ७५५ रुपैयाँबाट बढेर ३ हजार ८३७ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

  • २० श्रावण २०८३, बुधबार ११:०६ प्रकाशित