गण्डकी अपडेटः १६१ परीक्षणमा १६ जनामा संक्रमण, २१ जना निको भए

केन्द्रभाग मिडिया

पोखरा ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१६१ जनाको नमुना परीक्षण गर्दा १६ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । सोही समयमा २१ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८७ हजार ९ सय ७३ पुगेको छ भने निको हुनेको संख्या ८६ हजार ४ सय ८ रहेको छ ।
संक्रमित हुनेमा कास्कीका ८,म्याग्दीका १, नवलपरासीका ५ र स्याङ्जाका १ जना रहेका छन् । १० महिला र ६ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

प्रदेशमा हालसम्म ३ लाख ५२ हजार २ सय ५२ जनाको परीक्षण भएको छ । हाल प्रदेशमा १४५ सक्रिय संक्रमित रहेका छन् । तिमध्ये १०४ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ४ सय २० रहेको छ ।

  • १७ मंसिर २०७८, शुक्रबार १६:२७ प्रकाशित